सवारी अनुमतिपत्रको अनलाइन आवेदन बन्द
नेपालखोज
२०७८ वैशाख १४ गते १६:२०

काठमाडाैं । सवारी अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली हाललाई बन्द गरिएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यसकाे जानकारी दिएकाे हाे । उक्त सूचनामा सवारी अनुमतिपत्रको अनलाइन प्रणाली बन्द भएको बताइएकाे छ ।
साथै विभागले अर्को सूचना जारी नभएसम्मको लागि साे सूचना जारी गरेको पनि बताएकाे छ ।
यातायात व्यवस्था विभागको सूचनामा बताइएकाे छ कि ‘बैसाख १६ गतेबाट लागु हुने गरी अर्को सूचना जारी नभएसम्मको लागि सवारी अनुमतिपत्रको अनलाइन प्रणाली बन्द भएको छ ।’

सम्बन्धित
प्रतिक्रिया