भारतको कर्नाटकमा दुई साता कर्फ्यु
नेपालखोज
२०७८ वैशाख १४ गते १७:०१

भारत । भारतको कर्नाटकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दुई साताका लागि कर्फ्यू घोषणा भएको छ। मंगलबार राति ९ बजेदेखि १४ दिनका लागि कर्नाटक राज्य सरकारले कर्फ्यू लागु गरेको हो । उपमुख्यमन्त्री सिएन अश्वत नारायणले मे १० सम्म कर्फ्यू जारी रहने बताएका छन्। त्यसक्रममा कडा प्रतिबन्ध लाग्ने उनले उल्लेख गरेका छन्।
कर्फ्यूका बेला बिहान ६ बजेदेखि राति १० बजेसम्म अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने छ। पछिल्लो २४ घण्टामा कर्नाटकमा ३४ हजार ८०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४३ जनाको ज्यान गएको छ। अहिले राज्यमा कोरोना भाइरसका दुई लाख ६२ हजार १६२ जना सक्रिय संक्रमित छन्। हालसम्म कोभिड–१९ बाट १४ हजार ४२६ जनाको ज्यान गएको छ।
सम्बन्धित
प्रतिक्रिया