देशभरका आठ जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा
नेपालखोज
२०७८ वैशाख १४ गते २३:००

काठमाडौं । कोरोना भाइरस संक्रमणको गति तिब्र रुपमा बढेपछि ८ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरसहित आठ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बाँकेमा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । उपत्यकामा वैशाख १६ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको छ । सुर्खेत र कैलालीमा मंगलबारबाट निषेधाज्ञा जारी गरिएको छ ।
कास्कीमा बैशाख १५ बाट निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । पर्सामा १६, बागलुङ, कालिकोट र बर्दियामा आंशिक क्षेत्र तोकेर निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया