कोरोना महामारी : सत्ता लम्ब्याउने बहाना

काठमाडौं । अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।
विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले मंगलबारको संसद बैठक अवरुद्ध गरेका हुन् ।
बैठक शुरु भएलगत्तै एमाले सांसदहरुले उभिएर विरोध जनाए । कार्यव्यवस्था समितिको निर्णय अनुसार बैठक सञ्चालन गरिरहेका सभामुख सत्तापक्षीय सांसदहरुले उठेर विरोध जनाएपछि अचम्मित भए । उनले भने,‘सदस्यहरु तपाईंहरु किन उठ्नु भो, कारण के हो ? भन्नुस् ।’
लगत्तै एमालेका प्रदेश सभा सदस्य राजिव पहारीले कोरोनाको जोखिम बढेकाले संसद बैठक स्थगित गर्न माग गरे । पिसीआर परीक्षण नगरी बैठक अगाडि बढ्न नदिने बताए । कोरोना संक्रमण ह्वात्तै बढेको छु, उनले भने, ‘यसको जोखिम भइरहँदा प्रदेश सभा बैठक चलाउनु थप जोखिम बढाउनु हो, त्यसैले पिसीआर परीक्षण नगरिकन बैठक सञ्चालन नगरियोस्, वर्तमान परिस्थितिमा बैठक अगाडि बढ्न सक्दैन ।’
उनले पिसीआर परीक्षण नगरिकन बैठक सञ्चालन गरे आफ्नो पार्टीले बैठक अबरुद्ध गर्ने बताएकाे समाचार आजको नागरिक दैनिकमा छ । धेरैजसो प्रदेश सभा सदस्य प्रेसर, सुगरलगायतका समस्या भएका दीर्घरोगी हुनुहुन्छ, पिसीआर परीक्षण नगरी संसद चलाउनु भनेको जोखिम बढाउनु हो, त्यसैले पिसीआर परीक्षण बैठक सञ्चालन नहोस् ।’

प्रतिक्रिया