बालुवाटार बैठकमा सहभागी ३ नेतालाई कोरोना

नेपालखोज २०७८ वैशाख १५ गते ११:३१


काठमाडौं । बालुवाटार बैठकमा सोमबार सहभागी तीन नेतालाई पनि कोरोना संक्रमण भएको छ ।

बैठकमा सहभागी भएका नेताहरुलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण भएकाे आशंका गरिएकाे थियाे ।

हालसम्म प्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएकाे छैन ।

नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । 

रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् । 

प्रतिक्रिया