रोल्पामा आगलागी, २६ घरसहित पाँच गोठ जलेर नष्ट
नेपालखोज
२०७८ वैशाख १५ गते १३:२९

रोल्पा । रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट भएका हुन् ।
आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए । आगलागीमा २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् ।
त्यस्तै, तीन दिनदेखि पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँका जंगलमा पनि आगलागी भइरहेको छ । तीन दिनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ का २र३ वटा गाउँ बाहेक सबै जस्तो क्षेत्रमा आगलागी भएको छ ।
सम्बन्धित

प्रतिक्रिया