शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा पुन: डढेलाे

नेपालखोज २०७८ वैशाख १५ गते १४:४६

काठमाडौं । शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा पुन: डढेलाे लागेकाे छ । बुधबार दिउँसो डढेलाे लागेपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए अनुसार टोखामाथिको जंगलमा डढेलाे लागेकाे देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

अहिले त्यहाँ नेपाली सेनाको दमकल पुगिसकेको छ, अन्य दमकल पनि जाँदैछन् । यसअघि २९ चैतमा पनि शिवपुरी–नागर्जुन जंगलमा आगलागी भएको थियो । त्यती बेला डढेलाे नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालिएको थियो ।

प्रतिक्रिया