जनस्वास्थ्य कर्मचारीलाई कोरोना संक्रमण,स्वाब संकलन प्रभावित
नेपालखोज
२०७८ वैशाख १५ गते १५:०२

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका कर्मचारीलाई कोरोना संक्रमण हुँदा स्वाब संकलन प्रभावित भएको छ ।
सात जना (जनस्वास्थ्य कार्यालयका प्रमुख, प्रयोगशाला प्रमुख, प्रशासन प्रमुख णलगायत कर्मचारी एकै पटक संक्रमित भएको कार्यालयका अहेब अमर रानाले जानकारी दिए ।
उनका अनुसार कर्मचारी संक्रमित भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन लगायतका काम रोकिएका छन् ।
जिल्लामा जनस्वास्थ्यसहित प्रदेश अस्पताल र वीरेन्द्रनगर नगरपालिकाले स्वाब संकलन गर्दै आएका छन् । तर, प्रदेश अस्पतालमा त्यहाँ पुगेका बिरामी र शुल्क तिरेर कोरोना परीक्षण गराउनेहरूको लागि मात्रै स्वास्ब संकलन हुने गरेको छ ।
थप कर्मचारी नभएका कारण अर्को व्यवस्था नहुँदासम्मका लागि कार्यालयका अन्य सेवा रोक्नुपरेको बताइएको छ । तर, शव व्यवस्थापन र एम्बुलेन्स सेवा भने रोकिने छैनन् ।
सम्बन्धित
प्रतिक्रिया