प्रचण्ड पत्नी सीता आईसीयूमा

नेपालखोज २०७८ वैशाख १५ गते १५:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई हिजाे ललितपुरस्थित मेडिसिटी अस्पतालकाे आईसियुमा भर्ना गरिएको हो ।

अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र केही सुधार देखिएको जनाइएको छ । उपचारका लागि उनलाई यसभन्दा अघि अमेरिका, भारत लगायत देशका लगिएको थियो ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगबाट पीडित छिन् ।

प्रतिक्रिया