मंगलबार, वैशाख ११, २०८१

एन आई सी एशियाको तेस्रो त्रैमासिक नाफा उत्साहजनक

नेपालखोज २०७८ वैशाख १५ गते १६:३२


काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

कोभिड १९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि बैंकले तेस्रो त्रयमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक बृद्धि गरी वार्षिक प्रति शेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा आर्जन गर्न सफल भएको छ ।

बैंकले गत वर्षको सोही अवधीको तुलनामा २० दसमलव सात प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई तीन अर्ब खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २१ दसमालव ५२ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकले तेस्रो त्रयमाससम्ममा कर्जातर्फ ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत अर्थात ८५ अर्बले वृद्धि गरी कुल कर्जा रकम दुुई खर्ब ६० अर्ब पु¥याउन सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब छ खर्ब पाँच अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको १४ दसमलव २१ प्रतिशतको हिस्सा रहेको छ ।

साथै, बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत अर्थात ९५ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन दुई खर्ब ८६ अर्ब पु¥याउन बैंक सफल भएको छ ।

प्रतिक्रिया