बुधबार, जेठ २, २०८१

वाग्मती प्रदेश सरकारमा पहिलोपटक महिला मन्त्री ! यस्तो छ उनको राजनीतिक यात्रा

नेपालखोज २०७८ वैशाख १५ गते १७:५८

काठमाडौं । वाग्मती प्रदेश सरकारमा पहिलोपटक महिला मन्त्री नियुक्त भएका छन् । आज सामाजिक विकासमन्त्रीका रुपमा सरस्वती बस्नेतले शपथ लिएसँगै यो प्रदेशले पहिलोपटक महिला मन्त्री पाएको हो । २०७४ मा प्रदेश मन्त्रिपरिषद् गठन भए पनि एकजना पनि महिला मन्त्री थिएनन् । दोलखाबाट प्रदेश सांसद रहेकी बस्नेत झन्डै चार दशकदेखि राजनीतिमा क्रियाशील थिइन् ।

मन्त्री बस्नेतको राजनीतिक यात्रा :
नवनियुक्त मन्त्री बस्नेत विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय बस्नेतले शिक्षण पेसा, सामाजिक काम र राजनीतिलाई सँगसँगै अघि बढाएकी थिइन् । बस्नेत अनेरास्ववियुको पाँचौं जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । २०३७ सालमा शिक्षण पेसामा आबद्ध र शिक्षक संगठनको राजनीति सुरु ।

उनी २०३७ सालदेखि अनेमसंघ जिल्ला कमिटीमा आबद्ध हुँदै सचिव र तीन कार्यकाल अध्यक्षपछि अनेमसंघको केन्द्रीय सदस्य भएकी थिइन् । हाल केन्द्रीय सचिवालय सदस्य र वाग्मती प्रदेश अनेमसंघको सचिवको जिम्मेवारीमा पनि उनी छन् ।

उनी गाउँ पार्टी कमिटी, जिल्ला कमिटी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, अञ्‍चल कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पनि छन् ।

वाग्मती प्रदेशमा थपिए मन्त्री, कानुनमन्त्रीमा नेपाल

प्रतिक्रिया