बुधबार, जेठ १, २०८२

जहाँबाट फर्केपछि पूर्वराजा ज्ञानेन्द्र दम्पती अस्पताल पुगे

नेपालखोज २०७८ वैशाख १६ गते ११:१०

काठमाडौं । छिमेकी मुुलुक भारतको हरिद्वारबाट कुम्भ मेला मेला सकेर फर्किए लगत्तै कोरोना संक्रमित भएका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले श्रीमती कोमल र छोरी प्रेरणासहित नर्भिक अस्पतालमा उपचाररत छन् । उक्त मेलामा सहभागी भएपछि कोरोना संक्रमित हुनेमा नेपालका पूूर्वराजा ज्ञानेन्द्र दम्पती एक्ला होइनन् ।

कुम्भ मेलाका क्रममा डेढ़ महीनाभित्र करीब एक करोड़ मानिस हरिद्वार पुगेको अनुमान छ । जसमा हजारौं चाहिँ कोरोना संक्रमित भएर आफ्नो गाउँ–घर फर्किएको हुनसक्ने बताइन्छ । परिणामस्वरूप कुम्भ मेलाकै कारण कोरोनाको संक्रमण सय गुणासम्म बढेको दाबी भारतिय संचार माध्यमहरुको छ ।

उत्तराखण्ड राज्यको हरिद्वारमा २७ अप्रिल, २०२१ मा कुम्भको चौथो तथा अन्तिम दिन ज्ञानेन्द्र दम्पती स्नान सम्पन्न भएको थियो । जहाँ करीब २३ हजार मानिस सहभागी थिए । भनिन्छ–यस पटकको कुम्भ मेलाको अन्त्यसम्म आई पुग्दा नपुग्दै हरिद्वार कोरोना संक्रमणको गम्भीर चपेटामा परिसकेको छ । डेढ़ महीनाअघि दैनिक दुई अंकमा सिमित त्यहाँका संक्रमितको संख्या अहिले प्रतिदिन एक हजारभन्दा माथि छ । हरिद्वारमा हालम्म २९ हजार कोरोना संक्रमित फेला परिसकेका छन् ।

फेव्रेवरी महिनाको अन्त्यतिर जब कोरोना संक्रमणको दोस्रो लहर फैलन थालिसकेको थियो त्यति बेला भारतमा त्यसको खासै प्रभाव थिएन । त्यसैले पनि ११ मार्च, २०२१मा परेको महाशिवरात्रिका दिन करिब ३७ लाख मानिस कुम्भ स्नानका लागि हरिद्वार पुगेका थिए । यो कुम्भ स्नानका क्रममा एकै दिनमा जुटेको सबैभन्दा ठुलो भिड थियो ।

शिवरात्रीका अतिरिक्त १२ अप्रिलमा ३२ लाख, १४ अप्रिलमा १३ लाख र १४ अप्रिलमा १३ लाख श्रद्धालु गंगा स्नानका लागि हरिद्वार पुगेका थिए । कोभिड संक्रमणकाबीच जुटेको यति ठूलो भिडले १० किलोमिटर परिधि र १८ लाख जनसंख्या भएको सानो शहर हरिद्वारलाई दुस्प्रभाबित तुल्याउनु स्वभाबिक थियो ।

हरिद्वारस्थित सरकारी चिकित्सा कार्यालयको तथ्यांकअनुसार महाशिवरात्रीको सबैभन्दा ठुलो भिड जुटनु भन्दा ४८ घन्टा पहिले गरिएको जाँचमा जम्मा १५ जना संक्रमित फेला परेका थिए । त्यो दिनसम्म उक्त जिल्लामा १३ हजार ५८१ जना कोरोना संक्रमित भएको बताईन्छ जो ५६ हजार जनाको जाँचबाट पत्ता लागेका हुन् ।

कुम्भ मेलाको शाही स्नान (जसमा नेपालका पूर्ब राजा प्रमुख अतिथिका रुपमा सहभागी थिए) प्रारम्भ भएपछि हरिद्वारमा कोरोना संक्रमितको संख्या प्रतिदिन १५ देखि २३ बाट बढेर पाँच सय पुग्यो । डेढ़ महीनापछि मेला समाप्त हुन्जेलसम्म दैनिक संक्रमितको संख्या १५ सय पुगिसकेको थियो जुन मेला प्रारम्भ हुनुभन्दा अघिल्लो दिनको तुलनामा एक सय प्रतिशत बढि हो । त्यति बेला हरिद्वारमा एउटा पनि क्वारेन्टाइन सेन्टर थिएन, आज त्यहाँ १० वटा क्वारेन्टाइन सेन्टर निर्माण भैसकेका छन् ।

यसमा बिना कुनै जाँच मेलाबाट फर्किएका भक्तहरुको हिसाब राखिएको छैन । पूर्ब राजा ज्ञानेन्द्र जस्तै आफ्नो घर पुगेपछि संक्रमण प्रमाणित हुनेहरु कति छन् भन्ने कुराको आधिकारिक जानकारी कसैसँग छैन ।

त्यसैले त भारतिय सञ्चार माध्यमहरु यस पटकको कुम्भ मेलालाई कोरोनाको सुपर बिस्तारक बताईरहेका छन् जसले दिएको घाउको हिसाब निकाल्न लामै समय लाग्नेछ ।

प्रतिक्रिया