जटिल बन्दै कोमल शाहकाे स्वास्थ्य

नेपालखोज २०७८ वैशाख १६ गते ११:२६

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ । उनी भारतकाे हरिद्वारमा महाकुम्भ स्नान गर्न पूर्वराजा ज्ञानेन्द्रसँगै गएकी थिइन् ।

त्यहाँबाट फर्केपछि दम्पतीला नै कोरोना संक्रमण भएकाे थियाे । शाहकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबारदेखि आइसियूमा भर्ना गरिएको भए पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ ।

पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई अक्सिजनको अधिक मात्रा दिनुपरेको छ।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए। यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

परिवारका बाँकी सदस्यमा स्वास्थ्य समस्या देखिएको छैन । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको अस्पतालकाे भनाई छ ।


पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको पनि हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया