पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण, अवस्था सामान्य

नेपालखोज २०७८ वैशाख १६ गते १२:३१

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि कोरोना संक्रमण भएको छ ।

ढुंगानाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुलाई कोभिड १९ संक्रमण भएको जानकारी दिएका हुन् ।

संक्रमण पुष्टि भए पनि आफ्नो स्वास्थ्यअवस्था सामान्य रहेको जनाउँदै उनले कोभिड नियन्त्रणका लागि सरकारको काममाथि प्रश्न उठाएका छन्।

’सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो। उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु’, उनले लेखेका छन्, ’समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त?’

प्रतिक्रिया