करणीकाे अभियोगमा एक पुरुष पक्राउ
नेपालखोज
२०७८ वैशाख १६ गते १३:१९

काठमाडौं । भोजपुरबाट ६७ वर्षीया एक वृद्धालाई करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरिएकाे छ । भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पाले ६७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेकाे अभियोगमा प्रहरीले पक्राउ गरेकाे बताएकाे छ ।
६७ वर्षीया वृद्धाले बलात्कारमा परेकाे बताएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे ।
६७ वर्षीया वृद्धाले बलात्कारमा परेकाे बताएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे । अनुसन्धानकाे क्रममा दोर्ची शेर्पाले बलात्कार गरेकाे भन्ने खुलेकाे र उनलाई प्रहरीले पक्राउ गरेकाे बताएकाे छ ।
उनलाई बुधबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया