बुधबार, वैशाख १७, २०८२

तस्बिरबाटै देखिन्छ भारतमा काेराेनाकाे भयाबह रुप

नेपालखोज २०७८ वैशाख १६ गते १४:१३

छिमेकी मुलुक भारतमा काेराेना भाइरसकाे दाेस्राे लहरले लाखाैं मान्छेहरू हताहत भएका छन् । भारतमा हाल दैनिक तीन लाख नयाँ संक्रमित थपिईरहेको तथ्यांक बाहिरिएकाे छ । जाे ज्यादै नै डरलाग्दाे हाे । त्यहाँको वास्तविक संक्रमण दैनिक ६० लाख भएको अनुमान गर्न सकिन्छ । जाे सरकारी तथ्यांकभन्दा एकदमै फरक हाे । यसै गरी एकै दिन भारतमा हजाराैं मानिसकाे मृत्यु हुने गरेकाे छ । जसले लास जालाउन पनि अप्ठेराे भएकाे छ ।

भारत , बंगलादेश, पाकिस्तान आदिलाई जाेडने हाे भने अहिले संसारभर दैनिक डेढ कराेड नयाँ संक्रमीत थपिईरहेका छन् । याे कहालिलाग्दो तथ्यांकका पछाडि एउटा कुरा के पनि छ भने काेराेना संक्रमितहरुकाे संख्याले सगरमाथा टेकेपछि थप संक्रमित हुनलाई निकै कम मानिस बाँकी रहनेछन् अर्थात् मध्य मे महिना पुगे पछि भारतमा काेराेना संक्रमितहरुकाे ग्राफ तल झर्न थाल्नेछ । यसलाई हामी नकारात्मकता भित्र लुकेकाे सकारात्मकता वा आसावाद भन्न सक्छौं । यद्यपि आजकाे यथार्थ चाहिँ यही हाे कि भारत जति विशाल छ त्यहाँ काेराेना संक्रमणले उसैगरी बिकराल रुप लिँदैछ । तस्बिरबाटै देखिन्छ भारतमा काेराेनाकाे भयाबह रुप :

प्रतिक्रिया