आइतबार, वैशाख १४, २०८२

कोरोना सङ्क्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख १६ गते १५:२१

चितवन । हेटौंडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो ।

८० वर्षीय उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण वैशाख १ गते कोरोना परीक्षण गर्दा सङ्क्रमित भई भरतपुर अस्पतलमा उपचाररत उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया