काठमाडौं उपत्यकामा १,५६१ सहित देशभर ४९ सयभन्दा बढीमा कोरोना संक्रमण

नेपालखोज २०७८ वैशाख १६ गते १६:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४ हजार नाै सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ, जसमध्ये २ लाख ८० हजार १६७ जना निको भइसकेका छन् । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।

त्यस्तै पछिल्लो घण्टामा थप ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया