नेपाल सुपर लिग : ललितपुर र धनगढीले बराबरी खेल्दै अङ्क बाँढे
नेपालखोज
२०७८ वैशाख १६ गते २०:०७

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेल्दै अङ्क बाँढेका छन् ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साढे पाँच बजे सुरु भएको खेलमा ललितपुर र धनगढीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँढेका हुन् । धनगढीका लागि खेलको ७२ औँ मिनेटमा ओलावाले ओलाडिपो आफिजले गोल गर्दा ललितपुरका लागि ७८ औँ मिनेटमा रञ्जन विष्टले गोल गरे ।
धनगढी तीन खेलमा चार अङ्क बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेलमा दुई अङ्क जोडेको ललितपुर पुछारमा छ । प्रतियोगितामा शुक्रवार (भोलि) काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया