बुधबार, वैशाख १७, २०८२

इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख १७ गते ९:०३

काठमाडौं । इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परि कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका बेला भएको भागदौडमा परि ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्राप्त विवरणअनुसार आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया