पार्टीको महाधिवेशन र सरकारको काम कारबाहीबारे देउवाको पत्रकार सम्मेलन
नेपालखोज
२०७८ वैशाख १७ गते १३:३२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको प्रयास, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषय र पार्टीको आगामी महाधिवेशनको सन्दर्भमा देउवाले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
उनले ३ बजे पत्रकार सम्मेलन गर्ने बताइएकाे छ ।
हाल केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको पनि छ ।
यसै विषयमा केन्द्रित रहेर सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
सम्बन्धित

प्रतिक्रिया