चुनावी सरगर्मीबाट फुर्सद निकाल्दै माेदीले बाेलाए मन्त्रिपरिषद् बैठक

काठमाडाैं । भारतमा चुनावी सरगर्मीबाट फुर्सद निकाल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । भारतमा कोरोना महामारी नियन्त्रण बाहिर भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकट समीक्षाका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता मन्त्रिपरिषद्को बैठक पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत बस्न लागेको हो ।यसभन्दा अघि केन्द्र सरकार चुनावी य्रालीमा मात्र ध्यान दिइरहेकाे थियाे । बिजेपी पार्टी गरेकाे धेरै चुनावी य्रालीहरूबाट काेराेना फैलिएकाे विज्ञहरू बताउँछन् । काेराेना महामारीकैबीच चुनाव सकेर सबैतिर बिजेपी सरकार बनाउने रणनीतिमा भारतका प्रधानमन्त्री रहेकाे बुझिएकाे थियाे ।बैठकमा कोराना महामारीका नियन्त्रणका सम्बन्धमा गहन छलफल हुने जनाइएको छ ।
यसअघि प्रधानमन्त्री मोदीले भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेसँग भेटवार्ता गरेका थिए। भेटवार्ता पछि सेनाको स्वास्थ्यकर्मीहरूलाई विभिन्न राज्यहरूमा परिचालन गर्नुका साथै सैनिक अस्पतालमा पनि कोरोना संक्रमितको उपचार लागि प्रयोगमा ल्याइएको छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । भारतमा कोरोनाका कारण एकैदिन ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ३ लाख ८६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार बिहीबार गरिएको परीक्षणमा ३ लाख ८६ हजार ४ सय ५२ बढी संक्रमित थपिएका हुन् । पछिल्ला केही दिन यता भारतमा हरेक दिन साढे ३ लाख भन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक ३ हजार भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।
प्रतिक्रिया