आइतबार, जेठ ६, २०८१

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

नेपालखोज २०७९ जेठ २७ गते २१:०९

काठमाडाैं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

प्रदेशसभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए ।

त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेस गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिए ।

प्रतिक्रिया