एकैदिन थपिए ५ हजार ७ सय बढी कोरोना संक्रमित, ३३ जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख १७ गते १६:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरबाट थप ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भ्एको हो ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको रिपोर्ट प्राप्त भएको जनाएको छ ।

प्रतिक्रिया