मंगलवा मालपोत र नापीका १२ कर्मचारीमा कोरोना

नेपालखोज २०७८ वैशाख १७ गते २२:१६

सर्लाही । सदरमुकाम मलंगवामा रहेका भूमिसुधार तथा मालपोत र नापी कार्यालयको सेवा आजबाट एक साताका लागि बन्द गरिएको छ। नापीका ९ जना र मालपोतका ३ जना कर्मचारीमा कोरोना संक्रमण पाइएपछि दुवै कार्यालयले आजदेखि वैशाख २५ गतेसम्मका लागि सेवा बन्द गरेका हुन्।

मुख्य–मुख्य फाँटका कर्मचारीमा संक्रमण देखिएको भूमिसुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले जानकारी दिए। उनका अनुसार मालपोतमा रजिष्ट्रेसन, मुद्दा र तामेली शाखाका कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। यसैगरी नापी कार्यालयमा सर्वेक्षक र अमिनहरुमा संक्रमण पाइएको कार्यालयले जनाएको छ।

मुख्य–मुख्य कर्मचारी नै संक्रमित भएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर एक साताका लागि सबै सेवा बन्द गरिएको नापी कार्यालय मलंगवा प्रमुख एवं प्रमुख नापी अधिकृत नसिमुल गनीले जानकारी दिए।

प्रतिक्रिया