बुधबार, वैशाख १२, २०८१

गाजर खानुका पाँच फाइदा

नेपालखोज २०७८ वैशाख १८ गते ६:२५

१. गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरे नुन मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।

२. दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ ।

३. क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ ।

४. इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ ।

५. गाजरको रसमा अमलाको रस र वीरे नुन मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।

प्रतिक्रिया