निषेधाज्ञाकैबीच रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै
नेपालखोज
२०७८ वैशाख १८ गते ९:१७

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।
यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो ।
वैशाख १५ गते साइतपूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताए। त्यस्तै, बैशाख १५ गते महास्नान गरेर गुप्तबासमा राखिएका रातो मच्छिन्द्रनाथलाई आउँदो मंगलवार गुप्तबासबाट निकालिँदैछ ।
सम्बन्धित

प्रतिक्रिया