शनिबार, वैशाख १३, २०८२

सन्दर्भ मइ दिवस : इस्पातका मान्छेहरु !

मनऋषि धिताल २०७८ वैशाख १८ गते १०:०६
मनऋषि धिताल

खासमा कहिल्यै सुत्दैनन्
तर पनि सबेरै उठ्छन्
र, बिउँझाउँछन् सुनसान सुतेको सिंगो सहर .

इस्पातका मान्छेहरु !
कोहि रेल चालकको कुर्सीमा छन्
र, कोहि रेल गार्ड छन्
सुतेको सहरमा ब्युझेका
आफूजस्तै इस्पातका मान्छेहरुको
उनको गन्तब्यमा पुर्याउन
झिसमिसे अघिनै रेल ल्याएर आइपुग्छन्

इस्पातका मान्छेहरु !
कोहि बस चालकको सिटमा छन्
र , कोहि उनको नियमित यात्रु छन्
एउटा इस्पातको मान्छे
अर्को इस्पातको मान्छको
गन्तब्यको सारथि भएको छ

इस्पातका मान्छेहरु !
कसैका लागि मैला धैलाहरु
सुकिलाहरु सहर नपस्दै
सहर सुग्घर बनाउछन्,
सहरको सुकिलो सभ्यता
यिनको पसिनाले धोइएको हो,
सहरको रफ्तार गतिशिलता
यिनको मस्तिस्कको रफ्तार हो .

ओ ! इस्पातका मान्छेहरु !
रेल तिम्रै हाडहरुले बनेको छ
र, पहाडजात्रा भवन भएको
यो शहर तिम्रै मुटुले धड्केको छ
कारखाना तिम्रै रगतमा जीवित छ

ओ ! फलामका मान्छे !
तिमि थाकेका छैनौ र कहिलै थाक्दैनौ,
तिम्रै पहरामा यो समाज ढुक्कले निदाएको छ.
तिम्रा हातहरुलाइ नमन
तिम्रो मस्तिस्कलाई नमन
ओ इस्पात !
तिम्रो मुटु र त्यो भित्रको मनलाइ नमन

असिमित गन्तब्य तर्फ
प्रत्येक बिहान र साझ
लमक लमक निरन्तर लम्कने
तिम्रा सुन्दर पैतालाहरुलाई चुम्बन ।

प्रतीकात्मक तस्बिर

प्रतिक्रिया