`श्रमजीवी वर्गका नेताहरु सत्ता प्रेरित हुँदा वर्गीय आन्दोलन छियाछिया´

काठमाडाैं । नेकपा एमाले नेता वामदेव गौतमले श्रमजीवी वर्गका नेताहरु सत्ता प्रेरित हुँदा श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया बनाइरहेको बताएका छन् ।
उनले मइ दिवस अर्थात मजदुर दिवसको अवसरमा एक विज्ञप्ति निकाल्दै यस्ता कृयाकलाप रोक्न नसके प्रतिगमन प्रतिष्थापित हुने र ऐतिहासिक उपलब्धि समाप्त हने बताएका हुन् ।
उनले विज्ञप्तिमार्फत पूँजीपतिहरुका विरुद्धको लड़ाइमा पहिलो सफलता घोषणा गरेको दिन अझ सशक्त बनाउनु पर्ने बताएका छन् ।
“सर्वहारा वर्गले आफ्नो रगतको आहालमा उभिएर संसार भरिका पूँजीपतिहरुका विरुद्धको लड़ाइमा पहिलो सफलता घोषणा गरेको दिन यसै बाटोमा दृढतापूर्वक अगाडिवढेर आज नेपाली श्रमजीवीवर्गले ऐतिहासिक सफलता पाएको तथा यसलाई बचाइराख्न जरुरी छ,”।
उनले विज्ञप्तिमा भनेका छन्, “आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामीसवै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ति कमजोरी प्रति आत्मालोचितहुंदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छाैं भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो ।”
उनले आफूबाट पनि केही कमजोरी तथा गल्ति भएको भए सच्याउने भन्दै अरुलाई पनि श्रमजीवी वर्गको हकहितका विरुद्धमा कुनैपनि कार्य नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया