विप्लवको पार्टी फुट्यो, धमला नेतृत्वमा नयाँ पार्टी गठन

काठमाडौं । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताउँदै नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा नेकपाको बिप्लव समूह दई भागमा विभाजित भएको छ ।
पार्टी भित्रको एउटा समूहले शनिबार एक विज्ञप्ति मार्फत नयाँ पार्टीको घोषणा गरेको हो । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र त्यही बिषयलाईलिएर अन्तरविरोध तथा विवाद रहँदै आएको बताइएको छ ।
‘विज्ञप्तिमा भनिएको छ, आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । ‘
तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ’ विज्ञप्तिमा भनिएको छ ।
मञ्चले आफुलाई कार्यदिशा वैज्ञानिक समाजवादी बताएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य,केहि जिल्ला इन्चार्ज तथा सेक्रेटरीहरुका साथै मजदूर, विद्यार्थीआदि ठुलो संख्यामा रहेको दाबि गरिएको छ ।

प्रतिक्रिया