आइतबार, वैशाख १४, २०८२

दिल्लीमा अक्सिजन अभावले ८ जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख १८ गते १६:०७


काठमाडाैं । भारतको दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको अभावका कारणा आठजनाको मृत्यु भएको छ । भारतीय राष्ट्रिय समाचार समिति (पीटीआई ) का अनुसार मृत्यु हुनेमा बत्रा अस्पतालकै ग्यास्ट्रोलोजी विभागका अध्यक्ष पनि छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार भारतमा अक्सिजनको अभाव देखिएकाले थप कोरोना संक्रिमतको पनि मृत्यु हुन सक्नेछ ।

पछिल्लाे समय भारतमा दैनिक करिब चार लाखकाे हाराहारीमा संक्रिमत थपिन थालेका छन् । दैनिक ठूलाे संख्यामा संक्रमित थपिँदा स्वास्थ्य सामग्रीकाे पनि अभाव हुन थालेकाे छ ।

प्रतिक्रिया