नेपालको उडानमाथि हङकङको प्रतिबन्ध, नेपालीसँगै भारतीय र पाकिस्तानीलाई पनि प्रवेश निषेध
नेपालखोज
२०७८ वैशाख १८ गते १६:१९

काठमाडौं । नेपालको उडानमाथि हङकङले प्रतिबन्ध लगाएको छ । हङकङमा कोरोना त्रास कम भए पनि त्यहाँको सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको हो ।
अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई हङकङ सरकारले थप कडा बनाएको हो।
यसअघि हङकङले भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट आउने उडानलाई प्रतिबन्ध लगाइसकेको छ । यी मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च छ ।
नेपालमा पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै नेपाली उडानमाथि हङकङले प्रतिबन्ध लगाएको हो । यसअघि नेपालबाट हङकङ जाने यात्रुले ४८ घण्टाभित्रको पीसीआर जाँचको प्रमाणपत्र देखाउनुपर्थ्यो ।
यसपछि पनि त्यहाँ अनिवार्य रुपमा २१ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढेको छ ।
सम्बन्धित

प्रतिक्रिया