आइतबार, वैशाख १४, २०८२

चौबीस घण्टामा १९ संक्रमितको मृत्यु, ५ हजार ७६३ जनामा संक्रमण

नेपालखोज २०७८ वैशाख १८ गते १६:५३


काठमाडाैं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा एक हजार २८७ जना कोरोना संक्रमण मुक्त्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ ।

प्रतिक्रिया