वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल भर्ना

नेपालखोज २०७८ वैशाख १८ गते १९:४२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार नेता खनाललाई कोरोनाको सामान्य लक्षण देखा परेको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया