नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा
नेपालखोज
२०७८ वैशाख १९ गते १३:५६

काठमाडौं । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा बाेलाइएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटामार बैठक बोलाइको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफल भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी केन्द्र छाडेर एमालेमा आएका ४ नेतालाई समावेश गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया