पदमुक्त जसपा सांसदको मुद्दा दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालखोज २०७८ वैशाख १९ गते १४:५९

काठमाडाैं । पदमुक्त जसपा सांसदको मुद्दा दर्ता गर्न सर्वोच्चले अस्वीकार गरिदिएकाे छ । जसपाकाे कारबाहीमा परेका सांसदहरूकाे मुद्दा दर्ता गर्न सर्वोच्चले अस्वीकार गरिदिएकाे हाे । सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्रीको रुपमा सहभागी भएका थिए । यसपछि जसपाले उनीहरूलाई पार्टीको साधारण सदस्य र प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरेको थियो। सर्वोच्चमा न्याय माग्न पुगेका उनीहरू सर्वोच्चले मुद्दा दर्ता गर्न अस्वीकार गरिदिए पछि घरकाे न घाटकाे भएका छन् ।

त्यसपछि प्रदेश सभाले पनि उनीहरू पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो। त्यसविरुद्ध चार जना सांसदले आज सर्वोच्च अदालतमा निवेदन दिन खोजेकोमा सहरजिष्टार बाबुराम दाहालले दर्ता गर्न अस्वीकार गरेका हुन्। चार जना सांसदहरूले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान विपरीत प्रदेशसभा सदस्य र पार्टीको सदस्य पदबाट निष्काशन गर्ने गरी भएको निर्णय उत्प्रेषणको आदेशले बदर गरी सांसद पदमा रही यथावत काम कारबाही गर्न दिनु भनी परमादेशको माग गरेका थिए।

सर्वाेच्चले उनीहरूकाे मुद्दा दर्ता नै नगरिदिएपछि चार सांसद घरकाे न घाटकाे भएका छन् ।



प्रतिक्रिया