पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

नेपालखोज २०७८ वैशाख १९ गते १७:४४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फुयाँलमा कोरोना संक्रमण देखिएको छ

मन्त्री ढकालले सामाजिक सन्जालमार्फत आफूहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

ढकाल दम्पतीको आइतबार गरिएको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको हो । हाल उनीहरु आफ्नै निवासमै आइसोलेसनमा रहेको ढकालका प्रेस संयोजक माधवप्रसाद तिवारीले नेपालखोजलाई जानकारी दिए ।

प्रतिक्रिया