‘लाटोकोसेरो फुड डेलिभरी सर्भिस’ चौबीसै घण्टा

नेपालखोज २०७८ वैशाख १९ गते २१:१८

काठमाडौं । राजधानीमा पहिलो पटक २४ सै घण्टा लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पुराउने उद्देश्य स्वरुप लाटोको शेरो फुड सञ्चालनमा आएको हो । उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उद्देश्य रहेको छ ।

उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिनेछ । रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथ अनलाईनमार्फत सेवा दिनेछ । लाटोकोशेरो डटकमले www.laatokoshero.com आफुलाई अरु भन्दा भिन्नरुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिवद्धता राखेको छ ।

लाटोकोशेरो डटकममा खाना, खाजा, बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com अथवा ९८४७३७९८९० र ९८०१०७९८९० मा अर्डर गर्न सकिन्छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोशेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरीका साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै स्वास्थ चिकिस्सक, नर्स, हेल्थ वर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई, १० प्रतिशत छुट दिने व्यवस्था रहेको प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन् ।

प्रतिक्रिया