आन्तरिक उडान सोमबारदेखि बन्द

नेपालखोज २०७८ वैशाख २० गते १:००

काठमाडौं । सरकारले सोमवार रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतवारको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिए ।

त्यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको उनले जानकारी दिनुभएको छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन् ।

प्रतिक्रिया