सुनको मूल्यमा सामान्य गिरावट
नेपालखोज
२०८२ असोज २४ गते ११:०४

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन चार हजार २०० रूपैयाँले सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० रूपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज चार हजार २०० रूपैयाँले घटेर दुई लाख ३५ हजार रूपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी तीन हजार २५ रूपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ रूपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया