हुवावेले जित्यो राष्ट्रिय आईसीटी पुरस्कार २०२१

काठमाडौं । सिंहदरबारमा सीमित व्यक्तिहरूको उपस्थितिमा राष्ट्रिय आईसीटी पुरस्कार २०२१ सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल टेलिभिजन र फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमाझ सम्मानित सञ्चार तथा सूचना प्रविधि मन्त्री, पर्वत गुरुङले हुवावे नेपाललाई राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (निजी क्षेत्र) प्रदान गर्नु भएको हो । उक्त पुरस्कार हुवावे नेपालका सीईओ विलियम झांगलाई हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा माननीय प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल रुपमा सहभागी हुनु भएको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु र अन्य विशेष अतिथिहरु भौतिक रुपमा सहभागी भएका थिए ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमका विजेताहरूलाई नेपाल आईसीटी क्षेत्रमा गरेको प्रयास र योगदानको सराहना गर्नु भयो र बधाई दिनुभएको थियो । उहाँले विजेताहरुलाई भविष्यका कार्यहरु अझ प्रभावकारी बनाउन शुभकामना पनि दिनुभयो । यस कार्यक्रमका विजेताहरू हन् :
राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार – २०२१ – श्री सुधीर पराजुली (अभ्यक्ष सुबिसु केबलनेट)
राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार २०२१ (महिला) – सुश्री कुसुम लामा (उपाध्यक्ष, प्रभु समूह)
राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (निजी क्षेत्र) – हुवावे नेपाल
राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (सार्वजनिक क्षेत्र) – महालेखा परीक्षकको कार्यालय

कार्यक्रमको दौरान उहाँले आधिकारिक रूपमा नागरिक एप पनि सुरू गर्नुभयो जुन एकल प्लेटफर्ममा सरकारी सेवाहरू प्रदान गर्ने मोबाइल एप हो । उहाँले कार्यक्रममा नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता पनि खोल्नु भएको थियो । उहाँले भन्नुभयो, “यो प्रमाण हो कि हामी डिजिटल नेपालको भिजनको सन्दर्भमा छिटो अघि बढ्दै छौं वा भनौं त्यो गन्तव्यको अनुभूति हुँदै छ । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पु¥याउन सूचना र सञ्चार प्रविधिको व्यापक उपयोग, निरन्तर विकास, विस्तार र गतिशीलताद्वारा उपलब्ध अवसरहरूको ठूलो उपयोग गर्न, म सबै संगठन, निकायह, निजी क्षेत्र, सेवा प्रदायक र क्ष्ऋत् का अन्य सरोकारवालाहरूसंग समन्वित सहयोग र साझेदारीको लागि अनुरोध गर्दछु ।
कार्यक्रममा माननीय मन्त्री पर्वत गुरुङले भन्नुभयो, हामी आईसीटीको नयाँ युगमा प्रवेश गरिसकेका छौं र हामी सबै नेपालीलाई इन्टरनेट र अन्य आईसीटी सेवाहरू उपलब्ध गराउन काम गरिरहेका छौं । उहाँले थप्नुभयो, फोर जी सेवाहरु सबै ७७ जिल्लाहरुमा उपलब्ध छ र सरकारले नेपालमा छन् को परीक्षण पनि शुरु गरिसकेको छ । उहाँले हुवावे नेपाल लगायत अन्य विजेतालाई पनि पुरस्कारका लागि बधाई दिनुभयो र आईसीटी क्षेत्रमा उनीहरूको योगदानका लागि धन्यवाद दिनुभयो ।

प्रतिक्रिया