भारत निर्वाचनः पश्चिम बङ्गालमा प्रधानमन्त्री मोदीको दल पराजित
नेपालखोज
२०७८ वैशाख २० गते १२:०५
काठमाडौं । भारतमा सम्पन्न एउटा महत्त्वपूर्ण चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी पराजित भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गाललाई आफ्नो चुनावी अभियानको मुख्य केन्द्र बनाएको थियो ।
कोरोनाभाइरस सङ्क्रमण र मृत्युका घटना हालसम्मकै उच्च देखिएको बेला भएको निर्वाचनमा सत्तारुढ दलले पराजय व्यहोरेको हो ।
पश्चिम बङ्गालको २ सय ९२ सिटमध्ये २०८ तृणमूल कांग्रेसले जितेको बीबीसी हिन्दीले जनाएको छ ।
मोदीको दल आसाममा विजयी भए पनि अन्यत्र उल्लेख्य उपलब्धि हासिल गर्न विफल भएको छ ।

सम्बन्धित
प्रतिक्रिया