पत्रकारलाई सुरक्षित काम गर्ने वातावरण दिन सञ्चारगृहसँग महासंघको आग्रह

नेपालखोज २०७८ वैशाख २० गते १२:५७

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गरेका छन्।

सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गरेका हुन् ।

पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहहरुलाई प्रतिवद्धता जनाउनको लागि अपिल पनि गरेका छन् । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोना भाइरस संक्रमणका कारण संसारभरको पत्रकारितालाई रक्षात्मक अवस्थामा पु¥याएको बताए ।

महामारीको वीचमा पनि पत्रकारहरुले जनतालाई सुसुचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उनको भनाई छ । कोरोनाको बाहानामा सञ्चारकर्मीलाई बिस्थापित गर्नेहरुको विरुद्धमा पत्रकार महासंघ सशक्त ढंगले अगाडी बढ्ने उनले बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रीत गरेर सुरक्षाका उपाय अपनाउन निर्देशिका जारी गरेकाले सो निर्देशिकाको पालना गर्न अनुरोध गरे । कोरोना बाहानामा सञ्चारगृहबाट पत्रकारलाई निष्काशन गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।

पत्रकारलाई पुनस्र्थापित गर्नका लागि महासंघले जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको उनले बताए । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा ५ सय १७ जना पत्रकारहरु पीडित भएको तथ्यांक पत्रकार महासंघले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया