‘विश्वसनीय सूचनामार्फत् देश र जनताका सेवामा समर्पित हुनू’
नेपालखोज
२०७८ वैशाख २० गते १४:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा शन्देश जारी गर्दै यसाे बताएकी हुन् । प्रेस स्वतन्त्रताका विषयमा गम्भीर बन्न पनि उनले सम्बन्धित सबैमा अनुराेध गरेकी छन् ।

सम्बन्धित

प्रतिक्रिया