बुधबार, वैशाख १७, २०८२

म्यानमारको सेनाद्वारा ७ जनाकाे गोली हानी हत्या

नेपालखोज २०७८ वैशाख २० गते १४:११

काठमाडौं । म्यानमारको सेनाले फेरि प्रदर्शनकारीहरूकाे हत्या गरेकाे छ । सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनालाई गोली प्रहार गरी हत्या गरेको हाे ।

दुईजनालाई स्वेबो जिल्लाको वेटलेटसहर, दुईजनाको सान राज्य तथा हिसपावा, नोवङकिओ र हपाकान्तमा एक-एक जनाको हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१ फेब्रुअरीमा शासन हातमा लिएपछि हालसम्म म्यानमारमा म्यानमारको सेनाले सात सय ५९ जनाको हत्या गरिसकेको छ।

म्यानमारको सेना र सशस्त्र समूहहरू बीच झडप पनि तीव्र बनेको छ।

प्रतिक्रिया