प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

नेपालखोज २०७८ वैशाख २० गते १५:३०

काठमाडौं।  प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए अनुसार ओलीले दिउँसो ३ः ३० बजे सम्बोन गर्न लागेका हुन्। समसामयिक राजनीतिक विषय र कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने बताइएको छ । बढ्दाे जाेखिम हेर्ने हाे भने स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने पनि बताइएकाे छ ।

 त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । अपराह्न ४ बजेका लागि बैठक बोलाएको भूमि व्यवस्था तथा सहकारीमन्त्री डाक्टर शिवमाया तम्बाहाम्फेले जानकारी दिइन् । बैठक बोलाइएको भएपनि एजेण्डा भने खुलाइएको छैन । कोरोना भाइरसको संक्रमण तिव्र बढेका बेला मन्त्रिपरिषद् बैठक बोलाइएको हो । त्यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया