कोरोना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिन्छ: प्रधानमन्त्री ओली

नेपालखोज २०७८ वैशाख २० गते १६:३९

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने बताएका छन्  । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले चौबीसै घण्टा टोल/टोलमा सुरक्षाकर्मी परिचालित गरिने बताएका हुन् । 

‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिने पनि उनले उल्लेख गरेका छन् । उनले मापदण्डको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने पनि बताए ।

जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि ओलीले जानकारी दिए ।  

प्रतिक्रिया