समसामयिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालखोज २०७८ वैशाख २१ गते ९:२९

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो । सोमबार प्रवक्ता विश्व प्रकाश शर्मालगायतका केही नेतामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया