मंगलबार, वैशाख ११, २०८१

कामना सिने मासिकको आवरणमा मिस नेवाः कृषा

नेपालखोज २०७८ वैशाख २१ गते ९:४२

काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय सिने मासिक कामनाको पछिल्लो अंकको आवरणमा नेपाल टेलिकम मिस नेवाः ११४१ की विजेता कृषा महर्जनलाई देख्‍न पाइएको छ ।

परिमार्जित शैलीको नेवारी वेशभूषामा कामना सिने मासिकको आवरणमा देखिएकी कृषाको पहिरनलाई कृष्णा महर्जनले तयार पारेकी हुन् । ग्ल्यामर फोटोग्राफर शिवलाल श्रेष्ठले खिचेको उक्त तस्बिर इन्डोर फोटोसुटको परिणाम हो । फोटोसुट बागबजारस्थित तस्बिर स्टुडियोमा गरिएको हो भने कृषाको सुन्दरमा श्रृंगारबाट थप आकर्षण ल्याउने कार्य मेकअप आर्टिष्ट रुपा मानन्धरले गरेकी हुन् ।

कृषा नेप्लिज् फेसन होमले आयोजना गरेको १५औं संस्करणको नेपाल टेलिकम मिस नेवाः १४४१ का विजेता हुन् । प्रतियोगिता वर्ष २०७७ को फागुन १५ गते कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न भएको थियो । मिस नेवाः को उपाधिसहित कृषाले वेस्ट इन नेपाल भाषाको अवार्ड पनि जितेकी थिइन् ।

प्रतिक्रिया