चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु
नेपालखोज
२०७८ वैशाख २१ गते ९:५०

झापा । झापामा चट्याङले लागेर प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकीमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर रहेको झापा प्रहरीले जनाएको छ । उनी सो चौकीका प्रमुखसमेत हुन् ।
गएराति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । घाइते ठाकुरलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल पुर्याएको भएपनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया